समानान्तरको नाममा अराजकता नदेखाउन अनेरास्ववियूका संयोजक महरको अपिल
२९ असोज, काठमाडाैँ । अनेरास्ववियूका संयोजक ऐन महरले समानान्तर कमिटीको नाममा सामाजिक सञ्जालमा अनावश्यक गतिबिधि नगर्न संगठनका नेता कार्यकर्तालाइ सचेत गराएका छन । बिहीबार एउटा अपिल सार्वजनिक गर्दै संयोजक महरले जिल्ला कमिटीहरूको घोषणामा कोही कसैमाथि अन्याय भएको भए त्यसमाथि सुनुवाइ गर्न सकिने तर समानान्तर र अराजक गतिबिधिका बारेमा कुनै पनि सुनुवाइ नहुने बताएका छन ।
उनले अपिलमा भनेका छन ‘अनेरास्ववियूको एकता प्रक्रियालाई पुर्णता दिन जिल्ला क्याम्पस र स्थानिय तहका कमिटिहरुको एकताको काम सम्पन्न गर्न केन्द्रिय कमिटी बाट कार्यबिधी तयार गरि सर्कुलर गरिएको सबैलाई जानकारी नै छ। अनेरास्ववियूका सबै मातहत कमिटी र नेता कार्यकर्ताले संगठनको सर्कुलर निशर्त पालना गर्नु सबैको अनिवार्य कर्तव्य हो। त्यसकारण सर्कुलरलाई निशर्त कार्यान्वयन गर्न गराउन केन्द्रिय कमिटीका नेता तथा सबै साथिहरुलाई अनुरोध गर्दछु।’

संयोजक महरले सर्कुलर बमोजिम कुनै कमिटीको एकता प्रक्रियामा समस्या भएको भए त्यसका लागि केन्द्रीय कार्यालयमा उजुरी दिन अनुरोध गरेका छन । उनले त्यस्ता उजुरी माथि केन्द्रीय कार्यालयले छलफल गरि उपयुक्त निर्णय दिने प्रतवद्भता समेत व्यक्त गरेका छन ।
उनले भनेका छन ‘साथिहरुलाई मेरो एउटा अनुरोध छ कि अनेरास्ववियू फलामे अनुशासन भएको संगठन भन्ने कुरालाई आत्म साथ गर्दै समानान्तर तथा अराजक गतिबिधी किमार्थ मान्य हुने छैनन। संगठनको नेतृत्व सबैको कुराहरु सुन्न तयार छ विधि बिधान बमोजिम संगठनलाई अगाडी बढाउने हाम्रो निरन्तरको प्रयास जारी छ । त्यसैले यदि संगठनका सबालमा कसैको फरक मत भए सम्बन्धित कमिटिमा छलफल गर्न र त्यहाँ बाट न्याय महशुस भएन भन्ने लागेमा केन्द्रिय कार्यालयमा पुनरावेदन गर्न अनुरोध छ नेतृत्व को तर्फबाट न्याय गर्ने बिश्वास दिलाउन चाहन्छु । तर समानान्तर र अराजक गतिबिधिका बारेमा कुनै सुनुवाइ गरिने छैन र संगठनको बिधानले ब्यबस्था गरे बमोजिम कार्बाहिको भागेदार बन्ने छन।’
प्रकाशित मिति : 12:21









