१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

परराष्ट्र मन्त्रालयकाे सचिवमा भरतराज पौड्याल नियुक्त

२३ असाेज, काठमाडाैँ । परराष्ट्र मन्त्रालयकाे सचिवमा भरतराज पौड्याल नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयका बरिष्ठ सहसचिव पौड्याललाई सचिव बनाउने निर्णय गरेको हो।


नवनियुक्त सचिव पौड्यालले शुक्रबार बिहान पदभार सम्हालेका छन्। यसअघि सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको थियो। बैरागी मुख्यसचिव बनेपछि पौड्यालले परराष्ट्रका निमित्त सचिवको भूमिका निभाएका थिए। पाकिस्तानका लागि पूर्वराजदूतसमेत रहेका पौड्याल निमित्त सचिव हुनुअघि सम्म परराष्ट्र प्रवक्ता थिए।

प्रकाशित मिति : October 9, 2020 at 12:16 pm