२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

आईपीएलमा साविकको उप-विजेता चेन्नई सुपर किङ्सको दोस्रो जित

१९ असोज, काठमाडाैँ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले दोस्रो जित निकालेको छ । यूएईमा राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई १० विकेटले पराजित गर्दै साविकको उप-विजेता चेन्नईले दोस्रो जित निकालेको हो ।

पन्जाबले दिएको १ सय ७९ रनको लक्ष्य चेन्नईले १७ ओभर ४ बलमा पूरा गर्यो । उसले बिना विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।  चेन्नईको जितमा फाप डु प्लेसिस र शेन वाट्सनले सानदार ब्याटिङ गरे ।

पहिलो विकेटका लागि प्लेसिस र वाट्सनले अविजित रहँदै १ सय ८१ रनको साझेदारी गरे । प्लेसिस ५३ बलमा ११ चौका र १ छक्कासहित ८७ रनमा अविजित रहे । वाट्सनले ५३ बलमा ११ चौका र ३ छक्कासहित अविजित ८३ रन जोडे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो । पन्जाबले ५ खेलमा २ अंक जोडेको छ । पन्जाब पुछारमा रहेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार ०७:३७