नेकपा सचिवालय बैठक आइतबार, पूर्णकालीन कार्यकर्तालाई तलब दिनेबारे छलफल हुने
१७ असोज, काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबार बस्ने भएको छ । शुक्रकार अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आइतबार अपरान्ह ४ बजे बैठक बोलाउने सहमति गरेका थिए ।
यद्यपी प्रचण्डका सहोगीहरूले सचिवालय बैठक शनिबारका लागि बोलाइएको भन्दै प्रचार गराइका थिए । नेकपाका प्रवक्ता समेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पार्टी सचिवालयको बैठक आइतबार अपरान्ह बोलाइएको जानकारी दिए ।

आइतबार बस्ने नेकपाको सचिवालय बैठकमा यसअघि नै तय भएका एजेण्डामा छलफल हुने बुझिएको छ । यसअघिको बैठकमा एजेण्डा तय भएर पनि छलफल हुन नपाएका विषयमा आइतबार छलफल हुनेछ । नेकपाले कोरोनाकालभरी सांसदले तलब नलिने निर्णय गर्ने तयारी गरेको छ । त्यस्तै पूर्णकालीन कार्यकर्तालाइ तलब दिने विषयमा पनि छलफल हुने बुझिएको छ ।
प्रकाशित मिति : 11:49









