९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

कालोबजारी गर्ने जोसुकै भएपनि कारबाही हुन्छः मन्त्री भट्ट

१५ असाेज, काठमाडाैँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजार व्यवस्थापनकामा आफू कटिबद्ध रहेको बताउनुभएको छ । बुधबार साझ सञ्चारकर्मीहरुसँग अन्तर्क्रियामा बोल्दै मन्त्री भट्टले आफ्नो १० महिने कार्यकालमा औद्योगिक सुधारसँगै वाणिज्य तथा आपूर्ति क्षेत्रमा उल्लेखनीय काम भएको दावी गर्नुभयो । उपभोक्ता हित संरक्षणको सवालमा बजार व्यवस्थापन तथा सन्तुलनका लागि आफू स्वयम बजार अनुगमनमा निक्लने गरेको बताउँदै भट्ले अनुगमनका क्रममा कालोबजारी गर्ने तथा गलत गर्ने भेटिए जो कोहीलाई पनि कारबाही गर्ने बताउनुभयो ।

यस्तो कारबाही पहुँच र शक्तिको आधारमा भेदभाव नगरी दोषीका आधारमा साना ठूला सबैलाई हुने मन्त्री भट्टले बताउनुभयो । ‘साहिल अग्रवाल जस्ता ठूला व्यवसायीमाथि सरकारले कारबाही चलाएको छ । कारबाहीको मामलामा साना ठूला भनिँदैन, कारबाही हुन्छ’ मन्त्री भट्टले भन्नुभयो, ‘बदमास गर्नेलाई यो वा त्यो बहानामा उन्मुक्ति दिइँदैन ।’

मन्त्री भट्टका अनुसार गुणस्तरहीन वस्तु उत्पादन गरी उपभोक्ता ठग्ने तीन दर्जन बढी उत्पादक कम्पनीहरुलाई सरकारले कारबाही गरेको छ । सोही कारबाहीको प्रक्रियामा नेपाल गुणस्तर तथा नापतौल विभागबाट भएको बजार अनुगमन तथा वस्तुको गुणस्तर परिक्षणका क्रममा अनियमितता भेटिएका २२ वटा वस्तुहरुको गुणस्तर प्रमाणपत्र खारेज गरेको र ४१ वटा उद्योग, व्यवसायी विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको भट्टले बताउनुभयो ।

प्रकाशित मिति : October 1, 2020 at 2:07 pm