१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

डा युवराज खतिवडा अमेरिका र लोकदर्शन रेग्मी बेलायतको राजदूतमा सिफारिस

१५ असोज, काठमाडौँ । सरकरले पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार डा युवराज खतिवडा अमेरिका र मुख्यसचिवबाट राजिनामा दिएका लोकदर्शन रेग्मीलाइ बेलायतको राजदूतमा सिफारिस गरेको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाइ अमेरिका र रेग्मीलाइ बेलायतको राजदूतका लागि सिफारिस गरेको हो ।

खतिवडा नेकपा र रेग्मी कांग्रेसको कोटामा राजदूत सिफारिसमा परेको बुझिएको छ । रेग्मीले मुख्यसचिव हुँदा सरकारका सूचना भारतीउ दूतावास मार्फत चुहाउने गरेको आरोप लगेको थियो । रेग्मीले कर्मचारी समायोजन ढिला गराउन समेत उल्लेख योगदान दिएका थिए । सरकारको जनताका बीचमा भएका अधिकाशं आलोचनाको मुख्य कारकको एक पात्र रेग्मी रहेको भनेर निजामति प्रशासनमा चर्चा हुने गरेको छ भने नेकपाका नेताहरूले त सार्वजनिक रूपमै अभिव्यक्ति दिएका थिए ।

प्रकाशित मिति : 12:55