९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

जनभावनानुसार काम गर्न काँग्रेस नेता भण्डारीकाे सुझाव

१३ असोज, दमौली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले जनभावनाअनुसार काम गर्न सरकारलाई सुझाव दिनुभएको छ । काँग्रेस बन्दीपुर गाउँ समितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उहाँले चुनावमा गरिएका प्रतिबद्धताबमोजिम काम गर्न सरकारलाई सुझाव दिनुभएको हो । “देशमा आर्थिक समृद्धि हुन्छ, देश विकास हुन्छ भनेर जनताले कम्युनिष्ट पार्टीलाई पत्याएका हुन्, तर आज धेरै जनतामा निराशा मात्रै देखेको छु”, उहाँले भन्नुभयो, “सरकार जनभावनाअनुसार चल्नुपर्छ ।”

नेता भण्डारीले अबको चुनावपछि काँग्रेस पुनः ठूलो पार्टी बन्ने दाबी गर्नुभयो । काँग्रेस कार्यकर्तामा पनि निराशा छाएको आफूले महसुस गरेको भन्दै उहाँले निराश नहुन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । भण्डारीले पार्टी सङ्गठनलाई बलियो बनाएर लैजानुको विकल्प नरहेको उल्लेख गर्दै काँग्रेस बलियो भए मात्रै लोकतन्त्र बलियो हुने भएकाले त्यसतर्फ सबै नेता तथा कार्यकर्ता लाग्नुको विकल्प नभएको बताउनुभयो ।

प्रकाशित मिति : September 29, 2020 at 2:46 pm