१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

नेकपा एकीकरणका बाँकी काम टुंग्याउन १० दिनभित्र ठोस कार्ययोजना तयार हुने

६ असोज, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टी एकीकरणका बाँकी काम टुंग्याउन १० दिनभित्रमा ठोस कार्ययोजना तयार पार्ने भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको पार्टी सचिवालयको ६८ औँ बैठकले एकीकरणको बाँकी सक्नका लागि ठोस कार्ययोजना तयार गर्ने निर्णय गरेको पार्टी प्रचार विभागका उपप्रमुख एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाले सचिवालयको ६८ औँ बैठक सम्पन्न भएको जानकारी दिँदै एकीकरणको बाँकी काम टुंग्याउने कार्योयोजना तयार गर्नका लागि अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल प्रचण्ड एवं महासचिव विष्णु पौडेल सम्मिलित समितिले काम गर्ने जानकारी दिए ।

उनका अनुसार बैठकमा संवैधानिक निकायहरूको पूर्णताका लागि नेताहरूले आ(आफ्ना महत्त्वपूर्ण सुझाव प्रस्तुत गरेका छन । दुई दिन अघि पेरिसडाँडामा भएको बैठकमा मन्त्रिपरिषदको पुनर्गठन गर्ने सम्बन्धमा पनि छलफल भएको र नेताहरूले महत्वपूर्ण सुझाव दिएको बताइएको छ ।

प्रकाशित मिति : 15:39