९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

नेकपा सचिवालय बैठक पेरिसडाँडामा शुरु

४ असोज,काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक शुरु भएको छ। तत्कालीन नेकपा माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक शुरु भएको हो। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अध्यक्षको भूमिकाको अभ्यास गर्न सुरू गरेपछि पहिलो पटक तत्कालीन माओवादीकोको कार्यालय पेरिसडाँडामा सचिवालय बैठक शुरु भएको हो ।

नेकपाको सचिवालय बैठक यसअघि प्रायः प्रधानमन्त्री निवास र धुम्बाराहीस्थित पार्टी कार्यालयमा बस्दै आएको थियो । पार्टीले पेरिसडाँडाको कार्यालय जनवर्गीय संगठनको कार्यालय सञ्चालनका लागि उपयोग गर्ने निर्णय गरेका कारण धेरैजसो गतिबिधि धुम्बाराहीस्थित कार्यालयबाट हुँदै आएको थियो ।

यसअघि सचिवालयको बैठक असोज २ गते बस्नेगरी बोलाइएको भए पनि अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डको सहमतिमा आजका लागि बोलाइएको हो । आजको बैठकमा पार्टी र सरकारका कामका बारेमा छलफल हुने बताइएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनको विषय एकपक्षले निरन्तर रूपमा प्रचार गराएपछि त्यस विषयमा पनि केही छलफल हुन सक्ने बताइएको छ । प्रधानमन्त्री ओली मन्त्रिहरू हटाउने पक्षमा छैनन भने प्रचण्ड लगायका केही नेता अन्यलाइ पनि भाग पुर्याउनुपर्ने पक्षमा लबिङ गरिरहेका छन ।

जनताले स्थिरताका लागि मत दिएको भए पनि भागवण्डाको नाममा नेताहरूले मन्त्री हेरफेरका लागि निरन्तर दबाब दिइरहेका छन । आजको बैठकमा संवैधानिक आयोगहरूमा रिक्त रहेको पदमा नियुक्तिको विषयमा केही छलफल हुन सक्ने बताइएको छ ।

प्रकाशित मिति : September 20, 2020 at 12:01 pm