राष्ट्रियसभा सदस्य वामदेव गौतमले लिए सपथ
१ असाेज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभा सदस्यको पद तथा गोपनियताको सपथ लिएका छन् । बिहीबार राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले सिंहदरवारमा गौतमलाई सपथ गराएका हुन् ।
गौतमले सपथ समारोहमा संक्षिप्त सम्बोधन गर्दै अव आफ्नो कामकारवाही राष्ट्रिय सभामा केन्द्रीत हुने बताए । उनले राष्ट्रियसभाको प्रतिष्ठा र गरिमा नगिराउने गरी काम गर्ने प्रतिवद्धता पनि जनाए ।
![]()
गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य पदमा मनोनित गरेलगत्तै सपथ लिएका हुन् । राष्ट्रपति भण्डारीले गौतमलाई संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम गौतमलाई मनोनित गरेकी हुन् । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेको थियो ।
प्रकाशित मिति : 17:11









