४ भदौ २०८३, बिहिबार | Fri Aug 21 2026

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

१ असोज, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित भएका छन् । गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो  राष्ट्रिय सभा सदस्य मनोनित गरेकी हुन्।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेको थियो। तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीनमध्ये एक सिट फागुनदेखि खाली थियो ।

प्रकाशित मिति : September 17, 2020 at 3:06 pm