नेकपा उपाध्यक्ष गाैतम राष्ट्रियसभा सदस्यमा मनोनयका लागि सिफारिस
२९ भदौ, काठमाडौँ । सरकारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमलाइ राष्ट्रियसभा सदस्यमा मनोनयका लागि सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सदस्यमा नियुक्त हुने तीन सिट मध्येको रिक्त रहेको एक सिटमा नेकपा उपाध्यक्ष गौतमलाइ पठाउने निर्णय भएको मन्त्रिपरिषद्मा सहभागी एक मन्त्रीले जानकारी दिए ।

गौतम नेकपाको संगठन विभाग प्रमुख समेत हुन । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गौतमलाइ राष्ट्रियसभाको सदस्यमा मनोनयका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । गौतम गत प्रतिनिधिसभा निर्वाचनमा बार्दियाबाट पराजित भएका थिए । उनले यसअघि निर्वाचित सांसदहरूलाइ राजिनामा गराएर भए पनि प्रतिनिसभामा प्रवेश गर्ने प्रयास गरेका थिए ।
प्रकाशित मिति : 21:31









