महाधिवेशनले परिवर्तनको वेगलाई गतिवान भएर सामना गर्ने नेतृत्व निर्माण गर्नेछः उपप्रधानमन्त्री पोखरेल
२९ भदाै, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले नेकपाको आगामी महाधिवेशनले परिवर्तनको वेगलाई गतिवान भएर सामना गर्ने नेतृत्व निर्माण गर्ने विश्वास लिनुभएको छ । पार्टी एकताको भावना अनुसार लयमा फर्किएको खुशीयालीमा उपप्रधानमन्त्री पोखरेलले महाधिवेशनबाट परिवर्तन आत्मसात गर्ने नेतृत्व आउने अपेक्षा व्यक्त गर्नुभएको हो ।सामाजिक सञ्जालमा एकता जिन्दावाद भन्दै उपप्रधानमन्त्री पोखरेलले भन्नुभएको छ ‘विचार, विधि र नेतृत्वमा उन्नतस्तरको एकता ज़िन्दावाद !!’ उहाँले अघि भन्नुभएको छ महाधिवेशन गर्ने औपचारिक घोषणा गरिएकोछ । प्रष्ट हुनैपर्छ-यो राष्ट्रिय मन्चले थप उचाइमा पुगेर विचारलाई स्थापित गर्नेछ, परिवर्तित सन्दर्भमा विधि निर्माण गर्नेछ र चलाकीका साथ परिवर्तनको ‘लिप सर्विस’ वा”लकिर का फकिर“ नभई परिवर्तनको वेगलाई गतिवान भएर सामना गर्ने नेतृत्व निर्माण गर्नेछ । त्यसैको लागि नेपाल कम्युनिष्ट पार्टीभित्रको एकता अपरिहार्य छ ! एकता जिन्दावाद !!’

प्रकाशित मिति : 07:15







