२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

वातावरण प्रदुषण साझा चुनौतिः प्रधानमन्त्री ओली

२२ जेठ, काठमाडौँ । प्रधानमन्त्ती केपी शर्मा ओलीले वातावरणीय प्रभाव मूल्यांंकन विना गरिने विकास प्रयास दिगो नहुने बताएका छन । विश्व वातावरण दिवशको अवसरमा आज शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले अव्यवस्थित विकासले रोगब्याधी मात्र निम्त्याउने नभइ बाढी, पैह्रो, सुख्खा लगायतका ठूलो धन जनको क्षति समेत बढाउने बताएका छन ।

“विकास निर्माणको कार्य अघि बढाउँदै गर्दा वातावरण–मैत्री हुने गरी समयमा नै योजना तर्जुमा गर्नु पर्दछ” प्रधानमन्त्री ओलीले भनेका छन “वातावरणको विनास नहुने गरी नाप नक्सा तयार गर्दै वातावरण मैत्री प्रविधिहरुको प्रयोग गर्नु पर्दछ ।” सबै सरकारी र निजी क्षेत्रलाई यो विषयमा विशेष ध्यान पु¥याउन प्रधानमन्त्री ओलीले आह्वान गरेका छन ।

वातावरण संरक्षण दिगो आर्थिक विकासको पूर्व शर्त हो भन्ने कुरा प्रधानमन्त्रीले सबैलाई स्मरण समेत गराएका छन । प्रधानमन्त्री ओलीले आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रूत गतिका साथ अग्रसर हुँदा वातावरण प्रदुषण एउटा साझा चुनौतीका रुपमा देखा पर्न सक्नेतर्फ सबैलाई सतर्क गराएका छन ।

प्रधानमन्त्रीको शुभकामना 

प्रकाशित मिति : 06:08