२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

निर्माण क्षेत्रका ठेकेदारको सिण्डिकेट तत्कालै अन्त्य हुने प्रधानमन्त्री अोलीको घोषणा

२१ जेठ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणको क्षेत्रमा रहेको ठेकेदारहरूको सिण्डिकेटको तत्कालै अन्त्य हुने बताएका छन् ।


प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकलाई आज हेटौंडामा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले सिण्डिकेट तोडने मामिलामा सरकारले कसैसँग सम्झौता नगर्ने बताए । सिण्डिकेट र कमिसनको खेल अव अन्त्य हुने बताउँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण हुनेमा कुनै शंका नरहेको जिकीर गरे । प्रधानमन्त्री ओलीले प्रदेश सरकारलाई आत्मसिवश्वासका साथ अगाडि बढे परिवर्तन ल्याउन सकिने पनि बताए ।

प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार १३:१६