१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

सङ्घीयता सफल पार्न निजामती सेवाको अर्थपूर्ण भूमिकाः मुख्यमन्त्री गुरुङ

२२ भदौ, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हरेक प्रशासनिक क्षेत्रको सञ्चालन गर्ने भएकाले निजामती सेवा देशको मेरुदण्ड रहेको बताउनुभएको छ । सत्रौँ निजामती सेवा दिवस २०७७ का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले सम्पूर्र्ण  निजामती कर्मचारीमा हार्दिक बधाई तथा सुस्वास्थ्य, समृद्धि, उत्तरोत्तर प्रगति एवं पेशागत मर्यादा अभिवृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

राज्यको नीति, योजना र कानूनको सफल कार्यान्वयन गराउन महत्वपूर्ण भूमिका निजामती सेवाले निर्वाह गर्दै आएको हुँदा सङ्घीयतालाई सफल पार्न तथा सरकारले लिएको ‘समृद्ध नेपाली, सुःखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नमा समेत यस क्षेत्रको भूमिका अर्थपूर्ण रहेको मुख्यमन्त्रीले उल्लेख गर्नुभएको छ ।

जनताको आकाङ्क्षाबमोजिम सुशासन र विकासको लक्ष्य हासिल गर्न दृढ राजनीतिक इच्छाशक्ति भएको राजनीतिक नेतृत्व र पारदर्शी, जवाफदेही, परिणाममुखी र सूचना प्रविधिको अधिकतम प्रयोग गर्न सक्षम प्रशासन अपरिहार्य रहेकामा समेत उहाँले जोड दिनुभएको छ ।

प्रकाशित मिति : September 7, 2020 at 8:58 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/