लोडसेडिङका नाइके मुकेश काफ्ले अब नेपाली कांग्रेसको केन्द्रीय नेता
१९ भदाैँ, काठमाडाैँ । लोडसेडिङका नाइके मुकेश काफ्ले नेपाली कांग्रेसको केन्द्रीय विभागमा मनोनित भएका छन । कांग्रेस सभापति देउवाका प्रिय काफ्ले कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभागमामा मनोनित भएका हुन । देउवाले काफ्लेसहित ४८ जनालाइ केन्द्रीय विभागको सदस्यमा मनोनयन गरेका छन ।
जनतालाइ १८ घण्टा लोडसेडिङको मार खेपाउने काफ्लेलाइ उनले नेपाल विद्युत प्राधिकरण छाडेपछि लोडसेडिङको नाइकेको उपमा दिएका थिए । उनीपछि आएका कुलमान घिसिङले भारतसँग बिजुली किनेरै भए पनि नागरिकलाइ अध्याँरोबाट मुक्त गराउन काम गरेका थिए ।

काफ्ले कांग्रेस समर्थित इन्जिनियरहरुको संस्थामा आवद्ध छन। उक्त इन्जिनियरहरूको केही समय अघि भएको निर्वाचनमा पराजित भएका थिए । देउवा पक्षीय प्यानलबाट प्रत्यासी बनेका उनीसहितका उम्मेदवार पराजित भएका थिए । देउवाले एपेक्स बैंक घोटलाका एक जना अभियुक्त विष्णु धिताललाइ पनि सो विभागमा मनोनित गरेका छन ।
बिहीबार देउवाले विस्तार गरेका सदस्यः
१. विष्णु धिताल (लम्जुङ)
२. विनिता अधिकारी (दोलखा)
३. सर्वधन राई (खोटाङ)
४. हेमन्त मल्ल (दाङ)
५. तिलकबहादुर मल्ल (मुगु)
६. मुकेश काफ्ले (महोत्तरी)
७. श्याम पोखरेल (पर्सा)
८. इच्छाबहादुर वाग्ले (बारा)
९. गोविन्द शर्मा पौडेल (बाग्लुङ)
१०. रामबहादुर देउवा (कैलाली)
११. उमेशप्रसाद थानी (सुर्खेत)
१२. जितबहादुर मडै (डडेल्धुरा)
१३. दिपेन पाठक (झापा)
१४. बलराम सरदार (मोरङ)
१५. खेसबहादुर मगर (उदयपुर)
१६. भरत पोखरेल (खोटाङ)
१७. राजन खत्री (मोरङ)
१८. गोविन्द चामलिङ (उदयपुर)
१९. कृष्णदत्त पनेरु (कञ्चनपुर)
२०. सन्तोष गुप्ता (सप्तरी)
२१. सुवास यादव (सिरहा)
२२. सुरेन्द्रकुमार न्यौपाने (सर्लाही)
२३. पुनम चौधरी (सिरहा)
२४. राजन के.सी. (काठमाडौं)
२५. उद्धव दाहाल (काठमाडौं)
२६. हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक)
२७. निगेन्द्रराज शर्मा (ललितपुर)
२८. दिपक बीर कुँवर (कास्की)
२९. काशीकुमार जोशी (पर्वत)
३०. जीवन शर्मा (तनहुँ)
३१. कमलकिशोर घिमिरे (दाङ)
३२. भागवता विष्ट (प्यूठान)
३३. वासुदेव दिन पौडेल (रुपन्देही)
३४. डोलकराम घिमिरे (कपिलवस्तु)
३५. कमल वि.क. (अर्घाखाँची)
३६. जगतजंग थापा (दैलेख)
३७. भावना शाही (कालिकोट)
३८. धनबहादुर शाही (धीरेन्द्र) (कैलाली)
३९. भोजकुमार श्रेष्ठ (ओखलढुंगा)
४०. मीनबहादुर सिंह (कञ्चनपुर)
४१. रतनबहादुर साउँद (कञ्चनपुर)
४२. जगतबहादुर रावल (कैलाली)
४३. सुधिर अधिकारी (सर्लाही)
४४. रमेश पुरी (चितवन)
४५. दिपेन्द्र के.सी. (सुनसरी)
४६. राजु उप्रेती (महोत्तरी)
४७. हरिहर गौतम (वर्दिया)
४८. विष्णुमाया पौडेल (चितवन)
प्रकाशित मिति : 18:37









