१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

उपाध्यक्ष बामदेव गाैतमलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय कार्यान्वयन हुने

१८ भदाै, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय कार्यान्वयन हुने भएको छ । बिहीबार बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री केपी शर्मा अोलीले गाैतमलाई राष्ट्रियसभामा पठाउने निर्णय कार्यान्वयन गर्ने जानकारी गराउनुभएको नेकपा प्रचार विभागका उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्न मिल्ने कोटामा गाैतमको नाम सिफारिस भएको हो ।

यसअघि केही महिनाअघिको नेकपाको सचिवालय बैठकले गाैतमलाइ राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो । सम्भवतः भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले गाैतमको नाम राष्ट्रपति समक्ष सिफारिस गर्नेछ । गाैतमले पछिल्लो समय केही नेताको पार्टी फुटाउने प्रयास असफल पार्दै पार्टीलाइ सहमतिको मार्गमा ल्याउन सहयोग गरेका थिए ।

प्रकाशित मिति : 18:05