१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

बजेट सस्तो लोकप्रियताका लागि मीठा मीठा शब्दहरुको जालः कांग्रेस नेता महत

२० जेठ, वुटवल । नेपाली काँग्रेसका नेता डा रामशरण महतले सरकारले ल्याएको बजेट सस्तो लोकप्रियताका लागि मीठा मीठा शब्दहरुको जाल मात्र भएको आरोप लगाउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपाल ५ नं प्रदेश कार्यालयले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो, “एक वर्षमा पाँच लाखलाई रोजगारी दिने बजेटमा उल्लेख गरिएपनि त्यसका लागि कुनै तयारी र अध्ययन देखिएको छैन् । ”

m

पूर्वअर्थमन्त्रीसमेत रहनुभएका डा. महतले सरकाले आर्थिक वृद्धिदर आठ प्रतिशतको लक्ष्य लिएपनि पुँजी लगानीबिना आर्थिक वृद्धि सम्भव नहुने बताउँदै पुँजी लगानीका लागि लगानीमैत्री वातावरण हुनुपर्छ तर सरकारले कर थोपारेर लगानीकर्तालाई निरुत्साहित गर्न खोजेको छ भन्नुभयो । काँग्रेस संगठन विस्तार अभियानमा रहेको चर्चा गर्दै उहाँले काँग्रेस अब बलियो भएर अघि बढ्ने बताउनुभयो ।

प्रकाशित मिति : June 3, 2018 at 7:19 pm