१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

१८ भदाै, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ३ बजेपछि सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । यसअघि बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो ३ बजेका लागि सारिएको थियो ।


बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलपछि बिहीबार बैठक बोलाइएको हो । बैठकमा पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएकाे छ । यसैगरी बैठकमा राष्ट्रियसभाको रिक्त एकजना मनोनित गर्ने एक सदस्य पदमा कसलाई लैजाने भन्नेबारे समेत निर्णय छलफल गर्ने बताइएकाे छ ।

प्रकाशित मिति : 15:32