प्रचण्डका घरबेटीले किसनाको पेटमा लात मारेपछि सरकारले बंगलादेशसँग पैँचो माग्यो मल
१६ भदाै, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी एवं वदनाम ठेकेदारले लाखाैँ किसानको पेटमा लात हानेपछि सरकारले बंगलादेशसँग रसायनिक मल पैँचो मागेको छ । घरबेटी अधिकारीले ठेक्का हत्याएर रसायनिक मल नल्याएपछि सरकारले बंगलादेशसँग पैँचो मागेको छ ।
राजनीतिक पहुँचका आधारमा ठेक्का हत्याउने तर काम नगरेर बद्नामी कमाएका ठेकेदार अधिकारीले अन्नबालीका लागि रासायानिक मल हाहाकार भैसेको भएपनि आपूर्तिको ठेक्का कानमा तेल हालेर सुतेका हुन । बालीनाली मल नभएर बिजोग अवस्था हुँदा पनि ठेकेदार अधिकारी भने मल ल्याउन भन्दा पनि डेरावालको वरिपरि घुमेर नयाँ नयाँ ठेक्का हत्याउने ध्याउन्नमा छन ।
अधिकारीले ठेक्का हत्याएर पनि मल नल्याएपछि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका समकक्षीसँग भएको टेलिफोन संवादका क्रममा रसायनिक मल पैँचो मागेका छन । प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच आज टेलिफोनमा कुराकानी भएको थियो । त्यस क्रममा प्रधानमन्त्री ओलीले पचास हजार टन युरिया मल पैँचोस्वरुप बालीको यही याममा उपलब्ध गराउन बङ्गलादेशसँग आग्रह गरेका छन ।

समयमा काम सम्पन्न नगरेर निर्माण क्षेत्रमा बदनामको भारीले थिचिएको अधिकारीको शैलुङ कन्स्ट्रक्सले केही महिना अघि रासायनिक मलका लागि २ अर्ब १४ करोड रुपैयाँ ठेक्का पाएका थिए । प्रचण्डको दबाबमा अर्बौंको सडक, पुलको ठेक्का लिने, निश्चित प्रतिशत पैसा पहिले नै बुझ्ने र काम नगरी नयाँ ठेक्का हत्याउने ठेकेदारका रुपमा अधिकारीकाे पहिचान रहेको छ ।
शैलुङ कन्स्ट्रक्सन अन्तर्गतकै शैलुङ इन्टरप्राइजेज र सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेडबीच साँढे पाँच लाख क्विन्टल (५५ हजार टन) रासायनिक मल खरिद सम्झौता भएको थियो। शैलुङमार्फत करिब दुई अर्ब १४ करोड रुपैयाँको युरिया मल खरिद गर्ने सम्झौता भएको थियो तर अहिलेसम्म एक बोरा मल पनि उनले ल्याएका छैनन् । कितसम्म भने ठेक्का पाएको महिनौं बितिसक्दा मल आपूर्ति भएको छैन । कैयौं पटक ताकेता पनि भएको छ उनले काम गर्न मानिरहेका छैनन् । यसमा कृषिमन्त्री घनश्याम भुषालकै पनि शंकास्पद भूमिका रहेको छ ।
-प्रचण्डको घरबेटीका कारण रसायनिक मलको हाहाकार हुँदै, ठेक्का कब्जा गरे मल ल्याएनन्
प्रकाशित मिति : 22:57









