१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

प्रधानमन्त्री बन्न नपाए राष्ट्रियसभामा जान्न भन्ने बामदेव युटर्न, राष्ट्रियसभामा लैजान माग

१५ भदाै, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेग गाैतम प्रधानमन्त्री बन्न नपाए राष्ट्रियसभामा जान्न भन्ने पूर्व अडानबाट युटर्न भएका छन । सोमबार गाैतमको राष्ट्रियसभामा जाने इच्छाका समाचारपुन सार्वजनिक भएका छन । सरकारविरूद्ध खरो रूपमा उत्रिरहेका केही अनलाइन मार्फत गाैतम पुन राष्ट्रियसभामा जान चाहेको समाचार सार्वजनिक भएका छन ।

गाैतमले पार्टीले विगतमा गरेको निर्णय कार्यान्वयन हुनुपर्ने भन्दै राष्ट्रियसभाको सदस्य बनाउन माग गरेका छन । उपाध्यक्ष गाैतमले यसअघि राष्ट्रियसभा समाचार समितिका संवाददाताहरूसँग कुरा गर्दै अाफू प्रधानमन्त्री हुन नपाएपछि राष्ट्रियसभामा नजाने बताएका थिए ।

उनले उक्त अन्तर्वार्तामा भनेका थिए ‘एकदिन प्रधानमन्त्रीले तपाईंलाई मैले तुरुन्तै संसद्मा लैजान्छु भनेर भन्नुभएको हो । मैले कहाँ लैजानुहुन्छ भनेर सोधेँ । उहाँले ‘राष्ट्रिय सभामा लैजान्छु’ भन्नुभयो । त्यसपछि मैले उहाँलाई भने राष्ट्रियसभामा म त्यसबेला जान्छु । जब नेपालको संविधान संशोधन गरेर राष्ट्रियसभाका सदस्य पनि प्रधानमन्त्री हुन पाउँछन् । म प्रधानमन्त्री हुनुपर्छ, तपाईं होइन वा प्रचण्ड हुनुहुन्न भनेको होइन । तर म त्यस्तो संस्थामा सदस्य हुँदैन, जहाँ संसद्मा एउटा संसद् भाग्यशाली र अर्को संसद् चाहिँँ दुर्भाग्यशाली भएको होस् । म जहाँ रहेपछि कार्यकारीसहितको शक्तिशाली संस्थामा रहन चाहन्छु ।’

सार्वजनिक रूपमै यस्तो घोषणा गरेका गाैतमले फेरि राष्ट्रियसभामा लैजाउ भनेर माग गरेपछि उनी युटर्न भएको अनुमान गरिएको छ । उनले सरकारमा सहभागी भएर उपप्रधानसहित कुनै मन्त्रालयको नेतृत्व गर्न चाहेको बुझिएको छ । यद्यपी पार्टीले गरेको निर्णय कार्यान्वयन गर्न सरकार बाध्य हुँदैन भन्ने गाैतमले समय समयमा बताउने गरेका कारण के हुन्छ भन्ने जान्नका लागि केही दिन कुर्नुको विकल्पछ छैन ।

प्रकाशित मिति : 21:31