२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा सन्दीपको टिम जमैकाको जित

१४ भदाैँ, काठमाडाैँ । क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा सन्दीप लामिछानेको टिम जमैका तालवाजले जित निकालेको छ । सेन्ट किट्स एण्ड नाभिस पेट्रियोट्सलाई ३७ रनले पराजित गर्दै लामिछाने संलग्न टिम जमैका तालवाजले जित हात पारेको हो । पहिले ब्याटिङ गरेको टिम जमैकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

१४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स निर्धारित ओभरको २ बल बाँकी छर्दै ११० रनमा समेटिन पुग्यो । जितसँगै जमैका तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । जमैकाका कार्लोस ब्रेथह्वाईटले तीन विकेट लिए । यस्तै नेपाली लेग स्पिनर सन्दीप, फिडेल एडवार्ड र भिरा स्वमी परमुलले २/२ विकेट लिएका छन् ।

जमैकाको हालसम्मको खेल प्रदर्शन फितलो रहे पनि सन्दीपले भने आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका छन । सन्दिपले हालसम्म खेलेका ६ खेलमा नाै विकेट लिएका छन । सन्दीपले सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा एक विकेट लिएक थिए।

यस सिजनको सिपिएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । उनले यसअघि दुई पटक सिपिएल खेलिसकेका छन । सिपिएल यही भदौ २५ गतेसम्म चल्ने छ । सिपिएल खेलेपछि सन्दीप इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न युनाइटेड अरब इमिरेटस (युएइए) जानेछन । यस सिजनको आइपिएल कोरोना महामारीका कार भारतमा आयोजना नभएर युएईमा हुँदैछ । सन्दीपले आईपिएलमा दिल्ली क्यापिटल्सबाट खेल्नेछन । सन्दिप दिल्ली क्यापिटल्समा रु ३२ लाखमा अनुबन्धित भएका हुन ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आईतवार ०८:२३