१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

शनिबार बस्ने भनिएको नेकपाकाे सचिवालय बैठक भदौ १८ गतेसम्मका लागि स्थगित

१२ भदाै, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पार्टी पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बालुवाटारमा भएको छलफलपछि शनिबार बस्ने भनिएको बैठक भदौ १८ गतेसम्मका लागि स्थगित भएको हो ।

कोरोना संक्रमणकाे जाेखिम बढेका कारण बैठक स्थगित भएको हाे । आगामी बैठकमा विवाद समाधानका लागि कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : 16:08