मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी
९ भदाै, काठमाडाैँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद्को नियमित बैठक बालुवाटारमा जारी रहेको बताए ।
बैठकले कोरोना महामारी बढ्दै गएका कारण यसको रोकथाम तथा नियन्त्रण लगायतका विषयमा निर्णय गर्ने बताइएकाे छ । यस्तै बैठकले काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप्ने विषयमा समेत जिल्ला प्रशासन कार्यालयलाई आवश्यक सुझाव दिनेछ । काठमाडौँ उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले काठमाडौँमा जारी निषेधाज्ञा एक साता थप गरी भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउन सिफारिस गरेको छ ।
प्रकाशित मिति : 18:55









