आ-आफ्नाे जीवन रक्षालाई उच्च महत्त्व दिन प्रधानमन्त्री ओलीको विशेष अनुराेध
५ भदाै, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञको सल्लाह र सरकारको निर्देशन अनुरूप सामाजिक व्यवहार गर्न आग्रह गर्नुभएको छ । हरितालिका (तीज)को शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले महामारीले सिर्जना गरेको सीमाभित्र रहेर तीज पर्व मनाउन र आ-आफ्नाे जीवन रक्षालाई उच्च महत्त्व दिन म सबैमा विशेष अनुराेध गर्नुभएको छ ।

प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ ‘यस बर्षकाे तीज काेरोना महामारीले सिर्जना गरेकाे कष्टकर परिस्थितिका बीच मनाउनु परेकाे छ । त्यसैले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासकाे अवस्था छैन । विज्ञहरूका सल्लाह र सरकारको निर्देशन अनुरूप नै सामाजिक व्यवहार गर्न मेरो आग्रह छ । महामारीले सिर्जना गरेको सीमाभित्र रहेर तीज पर्व मनाउन र आआफ्नाे जीवन रक्षालाई उच्च महत्त्व दिन म सबैमा विशेष अनुराेध गर्दछु । तीजको हार्दिक शुभकामना !’
प्रकाशित मिति : 09:55









