१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल अत्यन्त भद्र र बेदागी नेता हुनः बसन्त चाैधरी

४ भदाै, काठमाडाैँ । एसोसिएसन आफ प्राइभेट हेल्थ इस्टिच्युसन आफ नेपाल (अफिन)का अध्यक्ष बसन्त चाैधरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई अत्यन्त भद्र र बेदागी नेताको रूपमा व्याख्या गरेका छन । एभिन्युज टेलिभिजनका प्रस्तोता राजेन्द्र बानियाँसँग गरिएको कुराकानीको भिडियो स्वस्थ्यमन्त्रीले ट्वीट गरेमा त्यसलाइ रिट्वीट गर्दै अध्यक्ष चाैधरीले ढकाल अत्यन्त भद्र र बेदागी नेता भएको बताएका छन ।

उनले अरूले मन्त्री ढकाललाई दुरूपयोग गर्न खोजेको संकेत गर्दै आफूलाई प्रयोग हुन नदिनुहोस् भन्ने अनुरोध पनि गरेका छन । उनले रिट्वीटमा यस्तो प्रतिक्रिया जनाएका छन ‘माननीय मन्त्रीज्यू तपाईं अत्यन्त भद्र र बेदागी नेता हुनुहुन्छ। यो सत्य हो! तपाईंको विगतका बारेमा मलाई थाहा छ। तर यो पनि सत्य हो, तपाईंको भद्रतालाई अरूले दुरुपयोग गर्दैछन्। म तपाईंको शुभेच्छु हूँ त्यसैले भन्दैछु, आफूलाई प्रयोग हुन नदिनुहोस्। तपाईंको राजनीतिक जीवन धेरै आशालाग्दो छ।’

प्रकाशित मिति : 10:37