कोरोना संक्रमित नेपाली कांग्रेसका नेता गिरीको उपचारका क्रममा पाटन अस्पतालमा निधन
२ भदाै, काठमाडाैँ । कोरोना संक्रमित नेपाली कांग्रेसका नेता सुवाशचन्द्र गिरीको उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको छ । गिरीको मंगलबार बिहान निधन भएको हो । नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरी नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति हुन । उनको मंगलबार बिहान ६ बजे पाटन अस्पताल ललितपुरमा निधन भएको हो ।

नेपाली कांग्रेस नेता एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कडेँलका अनुसार गिरीको भेन्टिलेटरमा राखेर उपचार सुरू गरिएको थियो । उनी साउन ३० गते पाटन अस्पतालमा भर्ना भएका थिए । गिरीलाइ सोमबार रातिबाट श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
प्रकाशित मिति : 10:05









