१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

कोरोनासँग लडिरहेका नेकपा नेता भन्छनः चुनावमा हजार नबाँड्नुस तर अहिले बीमा गरिदिनुस्

१ भदाै, काठमाडाैँ । कोरोना भाइरसको संक्रमणसँग लडिरहेका नेकपा नुवाकोटका नेता एवं किस्पाङ गाउँपालिकाका प्रमुख वीरबल तामाङले चुनावमा हजार रूपैँया बाड्न छाडेर जनताको बीमा गरिदिन अनुरोध गरेका छन । उनले स्थानीय सरकार र राजनीतिक नेतृत्वलाइ चुनावमा हजार रूपैयाँ बाड्नु भन्दा अहिले तीन सय रूपैयाँ तिरेर सबै नागरिकको कोरोना बीमा गरिदिन अनुरोध गरेका हुन ।

सामाजिक सञ्जाल फेसबुकमा लामो टिप्पणी लेख्दै तामाङले आफू राजनीति गर्ने मन्छे भएकाले भाइरस संक्रमणको जानकारी नलुकाएको बताएका छन । उनले जिम्मेवार राजनीतिक दलको जिम्मेवार नेताको हैसियतमा यस्तो भनेका छनः

सबै शुभचिन्तक मित्रहरुमा शुभप्रभात तथा आभारी व्यक्त गर्दछु । मैले दोहोरिएर पुन स्क्रिनसर्ट हाल्ने सोच भयो मलाई कोभिड -19 पोजिटिभ भकोप्रति प्रत्यक्ष अप्रत्यक्ष सुभाकमन ब्यक्त गर्नु हुने सबै सबै मित्रहरुमा हार्दिक हार्दिक आभारी छु । मैले पटक पटक सोचे तर सबैले लुकाउछन र धेरैले छि छि पनि गर्छन र फेरि सोचे अनि लेखे कि मेरो स्टाटस्ले गर्द समस्या भन्दा पनि धेरै मित्राहरु जो रोग लाग्नु अघि उपचार गर्न खोज्नु हुन्छ उहहरुलाइ सपोर्ट हुनेछ ।

किनकी म एक ब्यक्ति र मेरो लागि मात्र बाच्ने भन्दा पनि म एक सामजिक अभियन्ता र जिम्मेवार राजनीति दलको जिम्मेवार पार्टी अध्यक्ष पनि भएको हैसियतले म कोरोनासंग लडिरहेकाको यो पल मेरो परिवार अनि मेरो मतदाता अनि मेरो समाज आफान्त साथिभाइ सम्झिरहेको हुन्छु । यो बखत यहि मार्फत मैले हिजो गाउघर हुँदा जसरी यहाँहरुलाइ सुझाव दिएको थियो त्यही अनुसार यहाँहरुले पालना गर्नुस् घरै बस्नुस ।

घरबाट निस्कनै परे दुरि कायम गर्नुस जीवन थाह पाउने गरि दोहोरीएर आउदैन सजक रह्नुस यो महामारी हो भोलि कोइ छुट्ला जस्तो लाग्दैन सबैमा अनुरोध गर्छु एक पटक जाँचनुस । स्थानीय सरकारलाइ पनि यहि मार्फत अनुरोध र अपिल गर्छु हिजो म पनि त्यो सरकार प्रमुखको निर्बाचनमा भाग लिएको हिसाबले पनि भन्दै छु ।

सरकारले जन्ताको लागि धेरै गरेउ भन्नु भएको छ । गर्नुस अगाडी बढ्नुस यो पटक धेरै कुरा नसुन्नु भएपनि जन्ताको तर्फबाट जन्ताको लागि प्रत्येक किस्पाङको जन्ताको लागि कोरोना बिमा रु ३००/-निसुल्क प्रत्येक जान्तको टाउकोको लागि गरिदिनुस् । जन्ता रहन्छ भने भोलि करबाट आउछ के जन्ता बिना सरकार बाच्छ र बन्छ बन्दैन यसर्थ चुनाबमा हजार बाडनु पर्दैन ताकि ती मेरो र तपाईंको जन्तामा जस्तै कोरोना सङ्क्रमन हुँदा अरु केहि नपाए पनि १ लाख भए पनि प्राप्त हुन सक्छ । धन्यवाद।

प्रकाशित मिति : 09:04