१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

नेकपाले बाेलायाे सचिवालय बैठक

३२ साउन, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपाक)काे सचिवालय बैठक सोमबार बस्ने भएको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठले समसाममियक विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको बताए। बैठक सोमबार बिहान साढे नौ बजेका लागि बाेलाइएकाे हाे ।

सचिवालय बैठकले नेकपा विवाद सुल्झ्याउन शुक्रबार गठित कार्यदललाई अनुमोदन गर्नुको साथै कार्यदलको कार्यदेश पनि तयार पार्ने बताइएकाे छ । नेकपाले विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य रहेको कार्यदल बनाएकाे थियाे ।

प्रकाशित मिति : 15:29