ओली-प्रचण्डले सहमति खोज्न कार्यदल बनाएकोमा माधव, झलनाथ र नारायणकाजीको असन्तुष्टि
३२ साउन, काठमाडाैँ । गुटबन्दीको चर्को रूपमा बिरोध गर्दै आफैँ गुटबन्दी गर्ने नेपाल कम्युनिस्ट पार्टी ९नेकप०का तीन नेताले पार्टी फुटाउने खेल समाप्त पार्ने गरी सहमतिको खाका तयार पार्न कार्यदल गठन गरेकोमा असन्तुष्टि जनाएका छन । शनिबार खुमलाटारस्थित नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा भएको चार नेताको छलफलमा तीन नेताले कार्यदल दुइ नेताको सहमतिमा मात्र गठन गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन ।
उनीहरूले प्रचण्डसँग यस्ता कार्यदल गठन गर्दा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलले नपुगने बताएका हुन । यस्तो कार्यदल बनाउँदा सचिवालय बैठकबाट निर्णय गर्नुपर्ने भन्दै उनीहरूले असन्तुष्टि पोखेका हुन । खुमलटारको छलफलमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्ष सहमति गरेर अघि बढ्न खोजेकोमा शंका व्यक्त गरे । उनीहरूले दुइ अध्यक्षको बीचमा हुने सहमतिले लाभ पाउने विषयमा छुट्ने आशंका व्यक्त गरेको स्रोतले जनाएको छ ।

शुक्रबार अध्यक्षद्वय ओली र प्रचण्डले विवाद समाधान गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा स्थायी कमिटीका सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा, फम्पा भुसालसहितको ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।कार्यदलले शनिबार पहिलो बैठक सम्पन गरिसकेको छ ।
प्रकाशित मिति : 08:32









