१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद, १० मिनेट कुराकानी

३१ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । शनिबार भारतको ७४ औँ स्वतन्त्रता दिवसको सन्दर्भमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन संवाद गरी स्वतन्त्रता दिवसको शुभकामना दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थपाका अनुसार ओली र मोदीको बीचमा भएको कुराकानीको विषय परराष्ट्र मन्त्रालयले विस्तृतमा जानकारी गराउनेछ । नेपालले कालापानीसहितको मिचिएको भूमि समेट्दै नयाँ नक्सा जारी गरेर राष्ट्रिय सहमतिका साथ काम गरेपछि ओली र मोदीको बीचमा पहिलो पटक औपचारिक संवाद भएको हो । यसअघि ओली र मोदीको बीचमा कोरोनाविरूद्ध संयुक्त रूपमा लड्न सहकार्य गर्ने विषयमा संवाद भएको थियो ।

प्रकाशित मिति : 15:25