१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

सीमामा थप कडाई गर्ने सरकारको निर्णय, अन्तर जिल्ला यातायात र हवाई उडान भदाै १६ सम्म बन्द

२६ साउन, काठमाडाैँ । सरकारले सीमामा थप कडाइ गर्ने भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले भारतबाट आउने नेपालीहरुका लागि तोकिएको प्रवेश बिन्दु २० बाट १० मा झार्दै थप कडाइ गर्ने निर्णय गरेको छ । बैठकले अन्यत्र सीमाबाट आउनेहरुलाई पूर्ण रुपमा  निषेध गर्ने निर्णय पनि गरेको छ । यो व्यवस्था भदाै मसान्तसम्म लागू हुनेछ ।

मन्त्रिपरिषद् बैठकले दैनिक रुपमा किनमेल गर्न, कामदार ल्याउन हुने आवतजावतलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । बैठकले निर्माण क्षेत्रको काम गर्ने मजदुरहरूलाइ सम्बन्धित ठाउँमै बस्ने व्यवस्था मिलाउनुपर्ने निर्णय पनि गरेको छ ।

यस्तै सरकारले अन्तर जिल्ला यातायात र हवाई उडान भदौ १६ गतेसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारले छोटो, मध्य र लामो दुरीमा अन्तरजिल्ला निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता काम भदाै १ ससम्म रोक्ने निर्णय गरेको छ । 

प्रकाशित मिति : 21:21