१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

लोकप्रियताका लागि नयाँ निर्णय गरिएनः अोली

१५ जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको बजेट समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई साकार पार्ने गरी आएको बताउनुभएको छ ।

संघीय संसद्को संयुक्त बैठकपछि आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “ठूला सपना देखाउनेभन्दा पनि यथार्थ धरातलमा टेकेर व्यवहारिक रुपमा बजेट आएको छ, यसले समृद्ध नेपालको आधार तय गर्नेछ ।”

करको लक्ष्य कसरी हासिल हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले करका दायराहरूलाई बढाउँदै लगेर लक्षित राजश्वलाई उठाइने बताउनुभयो । वुद्धभत्ता वृद्धि नभएको भन्ने सम्बन्धमा उहाँले अघिल्लो सरकारले सामाजिक सुरक्षाका क्षेत्रमा आर्थिक अनुशासन पालना नगरेकाले अहिले लोकप्रिययताका लागि नयाँ निर्णय नगरेको स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति : May 29, 2018 at 8:12 pm