१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

नेकपाको सदस्यता त्यागेका नुवाकोटका युवा सभापतिको घरमै पुगेर कांग्रेस प्रवेश गरे

२१ साउन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नुवाकोट) का तीन जना संगठित सदस्यले पार्टी परित्याग गगरेका छन । नेकपा परित्याग गरेका युवाहरूले नेपाली कांग्रेसको क्रियाशिल सदस्यता लिएका छन । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ३ स्थायी घर भएका तीन युवाले नेकपा परित्याग गरेर कांग्रेस प्रवेश गरेका हुन ।

उनीहरूले नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीको गोंगबुमा रहेको निवासमा पुगेर बासुदेब कलुवार, बिनोद खाती र  रनिधर खातीले कांग्रेस पार्टीको सदस्य लिएकाछन । उनीहरूलाइ सभपति केसीले सदस्यता दिँदै पार्टीमा उपयुक्त जिम्मेवारी दिने बताएका छन ।

प्रकाशित मिति : 09:05