१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

प्रधानमन्त्री ओलीको राजिनामा मागेका छैनौँः प्रवक्ता श्रेष्ठ

२१ साउन, काठमाडाैँ । गोरखा, साउन २१ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेसम्म औपचारिक रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग नभएको बताउनुुभएको छ । गृह जिल्ला गोरखामा मङ्गलबार पत्रकारहरूसँग कुरा गर्दै श्रेष्ठले राजीनामाको विषयमा बाहिर आएका विषय नेताहरूको व्यक्तिगत विचार मात्र भएको स्पष्ट गर्नुभएको नरेन्द्र ढकालले गोरखाबाट गोरखापत्र दैनिकमा समाचार लेखेका छन ।

। ‘‘उहाँले एउटा पद वा पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिने भन्ने कुरा अहिलेसम्म पार्टीको औपचारिक प्रस्ताव बनेको छैन,’’ नेता श्रेष्ठले भन्नुभयो, ‘छलफलको क्रममा विकल्प प्रस्तुत भएका हुन सक्छन् । त्यो नेताहरूको व्यक्तिगत विचार हो, औपचारिक प्रस्ताव होइन ।’’

उहाँले भन्नुभयो, ‘‘अहिले सबैलाई एकताबद्ध र सुदृढ बनाएर विचार र नीतिका आधारमा पार्टी चलाउनुपर्छ । जनादेशलाई केन्द्रबिन्दुमा राखेर पार्टीको घोषणापत्रलाई कार्यान्वयन गराउने गरी विधि र पद्धतिका आधारमा सरकार चल्नुपर्छ ।’’ पार्टी एकताको रक्षा गर्नेगरी यसलाई सुदृढ गराएर अगाडि बढ्नुपर्ने चर्चा गर्दै उहाँले पार्टी साङ्गठनिक प्रक्रियामा नचलेको बताउनुभयो ।

प्रकाशित मिति : 08:37