लकडाउनबारे निर्णय गर्न प्रधानमन्त्रीद्धारा विज्ञसँग छलफल
२० साउन, काठमाडौँ । कोरोना संक्रमितहरुको संख्या तीव्र रुपमा बढ्दै गएपछि जनस्वास्थ्य विज्ञहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल सुरु गरेका छन्। बालुवाटारमा जारी छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा नेता अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन्।

सरकारले ४ महिना लामो लकडाउन अन्त्य गरेसगै कोरोनाको संक्रमण र मृत्यु दर ह्वात्तै बढेको छ । काठमाडौँमा पनि कोरोना संक्रमण फैलिँदै गएपछि सरकारको आगामी कदमबारे प्रधानमन्त्रीले विज्ञहरु र शीर्ष नेताहरुसँग राय लिन खोजेका हुन् ।

सरकारले नेपालमा चैत ११ गतेदेखि लकडाउन गरेको थियो। तर, सर्वसाधारणलाई समस्या परेको भन्दै साउन ६ गतेदेखि लकडाउन खुला गरेको थियो। केही दिनयता समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि पुनः लकडाउन गर्ने वा जोरबिजोर प्रणाली अपनाउने भन्ने विषयमा सरकारीस्तरमा छलफल समेत सुरु भएको छ।

प्रकाशित मिति : 12:24









