१० असार २०८३, बुधबार | Wed Jun 24 2026

ओली र दाहालबीच बालुवाटारमा छलफल जारी, खनाल पनि सहभागी

१८ साउन, काठमाडाैँ । एक्लै बैठक चलाउने प्रयास असफल भएपछि संवादबिहीन बनेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वरिष्ठ नेता झलनाथ खनालसहित  प्रधानमन्त्री एवम्‌ नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालुवाटार पुगेका छन । विदेशी र केही बद्नाम व्यापारीका सहायतामा सरकार ढाल्न लागेर असफल बनेका प्रचण्डले केहीदिनअघि स्थायी कमिटीको बैठक एक्लै चलाउने अलफल प्रयास समेत गरेका थिए ।

शीर्ष नेताहरूबीच विवाद बढ्दै जाँदा असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक समेत बस्न सकिरहेको छैन। स्थायी कमिटीको बैठकमा अध्यक्ष दाहालसहितको नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको हो। साउन १३ गते बोलाइएको स्थायी कमिटी बैठक ओलीले एक निर्णयबाट स्थगित गरिदिएपछि दुई अध्यक्षबीच संवाद नै टुटेको थियो।

प्रकाशित मिति : August 2, 2020 at 10:56 am