१० असार २०८३, बुधबार | Wed Jun 24 2026

नेकपा फुटाउने षडयन्त्र असफल पार्ने बामदेव गौतमको निवासमा ओली (फोटोफिचर)

१३ साउन, काठमाडाैँ । मंगलबारबाटै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले नेकपा पार्टी फुटाउने तयारी गरेपछि त्यसको बिरूद्धमा ६ बुँदे सहमतिको सुत्र प्रस्ताव गरेका पार्टी उपाध्यक्ष बामदेव गौतमको निवासमा प्रधानमन्त्री केपी शर्मा ओली परिवारसहित पुगेका छन । उनीहरूको बीचमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए । खुमलटारको भेलाबाट मंगलबारको स्थायी कमिटीको बैठकबाट प्रधानमन्त्रीविपरूद्ध निर्णय गर्ने तयारी भएपछि उपाध्यक्ष गाैतमले पार्टी फुटबाट जोगाउन ६ बुँदे सहमतिको सुत्र अघि सारेका थिए ।

बहुमतको आडमा प्रचण्ड नेपाल समूहले पार्टी फुटाउने अन्तिम तयारी गरेपछि उक्त समूहको भेला बैठकमै जान छाडेका गौतमले कार्यकारी अध्यक्षको भूमिका आफू निर्वाह गर्न नसक्ने प्रचण्डले आफ्नो दोष पनि ओलीतिर देखाएर पन्छिन नमिल्ने भन्दै सहमतिको ६ बुँदे सुत्र प्रस्तुत गरेका थिए । उक्त सुत्र पार्टीभित्र नेता कार्यकर्ताले व्यापक मन पराएका छन ।

प्रकाशित मिति : July 28, 2020 at 10:33 pm