१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

प्रधानमन्त्री ओली बामदेव गौतमकाे निवास भैँसेपाटीमा, महसचिव विष्णु पौडेल पनि सहभागी

१३ साउन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली नेकपा उपाध्यक्ष बामदेव गाैतमको भैँसेपाटीस्थित निवासमा पुगेका छन । महासचिव विष्णु पाैडेलसहित प्रधानमन्त्री ओली उपाध्यक्ष गाैतमको निवासमा पुगेका हुन । पार्टी भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगिरहेको अवस्थामा प्रधानमन्त्री ओली गौतम निवासमा पुगेका हुन ।

गाैतमले मंगलबार मात्रै सहमतिको सुत्र भन्दै ६ बुँदे प्रस्ताव अघि सारेका छन । गाैतमले ६ बुँदे प्रस्तावमा प्रतिनिधि सभाको बाँकी कार्यकाल भरी केपी शर्मा ओली नै प्रधानमन्त्री रहने र एकता महाधिवेशन नहुञ्जेल अध्यक्षमा पनि उनी कायम रहने गरी सहमति गर्ने गरी उल्लेख गरेका छन ।

गौतमले पार्टीको महाधिवेशन नहुञ्जेल प्रचण्डलाई पार्टीको सम्पूर्ण कार्यकारी अधिकार रहने प्रस्ताव गरेका छन् । उपाध्यक्ष गौतमले पार्टी सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद्को पुनर्गठन गर्न पनि प्रस्ताव गरेका छन् । पार्टी बैठकहरू पनि पार्टी केन्द्रीय कार्यालयमै बस्नुपर्ने उनको प्रस्ताव छ ।

प्रकाशित मिति : 21:03