प्रचण्डले कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्न नसक्ने अनि ओलीको राजिनामा मागेर हुन्छ ?
१३ साउन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गाैतमले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको भेलामा प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजिनामा माग्नु गम्भीर गल्ती भएको बताएका छन । उनले विगतदेखि आफू ओलीको राजिनामाको विपक्षमा रहेको बताउँदै आफ्नो काम गर्न नसक्ने अनि अरूलाइ दोष दिने प्रवृति बढी भएको बताए ।

भेलामा सहभागी अर्का एक नेताका अनुसार उपाध्यक्ष गौतमले खुमलटारको गुटबन्दीमा पनि ओलीको राजिनामा माग्ने विषयमा विपक्षमा रहेको भन्दै उनले खुमलटार भेलामा आफुले पटक पटक केपी ओलीको राजीनामा नमाग्न भनेपनि सुनुवाई नभएपछि जानै छाडेको बताए ।गौतमले प्रचण्डले कार्यकारी रूपमा आफूलाई प्रस्तुत गर्न नसकेको बताए । उनले आफूले प्रस्तुत गरेको ६ बुँदे सुझाव अनुसार नै निकास निकाल्नुको विकल्प नभएको पनि बताए ।

प्रकाशित मिति : 16:09









