१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

प्रचण्ड र नेपालको भेलामा नेताहरूको ब्रिफिङः ‘तपाईंहरूको गतिबिधिले मुख देखाउन लायक भएनाैँ’

१३ साउन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहकाे भेलामा पार्टी उपाध्यक्ष बामदेव गाैतमले पार्टी फुटाउने नियतले गतिबिधि नगर्न अनुरोध गरेका छन । दुबै अध्यक्षलाइ दिएको ६ बुँदे प्रस्तावबारे ब्याख्या गर्दै उपाध्यक्ष गौतमले प्रचण्ड नेपाल समूहले पार्टी दुर्घटनामा धकेल्न खोजेको भन्दै आपत्ति जनाए ।

उनले आफ्नो प्रस्ताव अनुसार दुबै अध्यक्षले सहमति गरेर पार्टीका गतिबिधि अघि बढाउनुपर्ने बताएका छन । भेलामा एकछिन कड्किए गौतमले प्रचण्डप्रति आक्रोश पनि व्यक्त गरे । भेलामा सहभागी डा भीम रावल पनि प्रचण्डप्रति अाक्रामक बनेका छन । उनले भने  ‘ओलीसँग तपाईं (प्रचण्ड) को हुने पदको झगडामा म सामेल छैन, तपाईंहरू पदको झगडा गर्ने अनि हाम्रा टाउका गन्ने  ? तपाईंहरूको गतिबिधिले मुख देखाउन लायक भएनाैँ ।’

उनले ६ बुँदे प्रस्तावमा प्रतिनिधि सभाको बाँकी कार्यकाल भरी केपी शर्मा ओली नै प्रधानमन्त्री रहने र एकता महाधिवेशन नहुञ्जेल अध्यक्षमा पनि उनी कायम रहने गरी सहमति गर्ने गरी उल्लेख गरेका छन । गौतमले पार्टीको महाधिवेशन नहुञ्जेल प्रचण्डलाई पार्टीको सम्पूर्ण कार्यकारी अधिकार रहने प्रस्ताव गरेका छन् । उपाध्यक्ष गौतमले पार्टी सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद्को पुनर्गठन गर्न पनि प्रस्ताव गरेका छन् । पार्टी बैठकहरू पनि पार्टी केन्द्रीय कार्यालयमै बस्नुपर्ने उनको प्रस्ताव छ ।

प्रकाशित मिति : 15:39