केपी ओली नै ५ वर्ष प्रधानमन्त्री बन्ने, यस्ताे छ वामदेवको ६ बुँदे प्रस्ताव
१३ साउन, काठमाडाैँ । नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधि सभाको बाँकी कार्यकाल भरी केपी शर्मा ओली नै प्रधानमन्त्री रहने र एकता महाधिवेशन नहुञ्जेल अध्यक्षमा पनि उनी कायम रहने गरी सहमतिको प्रस्ताव पेश गरेका छन् ।
मंगलवार उपाध्यक्ष गौतमले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पेश गरेको ६ बुँदे प्रस्ताव सार्वजनिक गर्दै अहिले ओलीको राजीनामा माग गर्न नहुने उल्लेख गरेका हुन् ।

यस्तै गौतमले पार्टीको महाधिवेशन नहुञ्जेल प्रचण्डलाई पार्टीको सम्पूर्ण कार्यकारी अधिकार रहने प्रस्ताव गरेका छन् । उपाध्यक्ष गौतमले पार्टी सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद्को पुनर्गठन गर्न पनि प्रस्ताव गरेका छन् । पार्टी बैठकहरू पनि पार्टी केन्द्रीय कार्यालयमै बस्नुपर्ने उनको प्रस्ताव छ ।
यस्ताे छ वामदेवको ६ बुँदे प्रस्ताव :

प्रकाशित मिति : 12:07







