१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

नेकपाको महाधिवेशनको तयारीमा लागाैँः उपप्रधानमन्त्री पोखरेल

१२ साउन, काठमाडाैँ । उपप्रधान एवम् रक्षामन्त्री इश्वर पाेखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे महाधिवेशनको तयारीमा लाग्न अनुराेध गरेका छन् । साेमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय आवश्यकताद्वारा निर्देशित भएर पार्टी एकता गरेकाे र त्यो ऐतिहासिक एकता गर्दा पुरा गर्न बाँकी रहेका विचार, संगठन र नेतृत्वलाई व्यवस्थित र एकिकृत गर्न महाधिवेशनको तयारीमा लाग्न अनुराेध गरेका हुन् ।

उनले  केन्द्रीय कमिटी बैठकमा सर्वसम्मतीले महाधिवेशनका लागि तय गरेको मितिलाई नबिर्सन समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : 19:28