न्यायालयको निर्णयप्रति प्रश्न उठ्नु दुखद : प्रवक्ता श्रेष्ठ
११ साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले न्यायालयको निर्णयप्रति प्रश्न उठ्नु दुखद रहेको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत न्यायलय र सिंगै राज्य प्रणाली र व्यवस्थामाथि नै प्रश्ने उठ्नेगरी भएको निर्णयप्रति असतुष्टि जनाएका छन्।

उनि लेख्छन्, ’के हुदैछ यस्तो? न्यायालय र सिङ्गै राज्य प्रणाली र ब्यबस्थामाथि नै प्रश्न उठ्ने गरी न्यायालयद्वारा निर्णय किन गरिदैछ? बास र छाक टार्ने समस्याबाट पिडीत गरीब चेपाङ युवाको हत्या सँवेदनशील सुरक्षा अङ्गबाट नै दर्दनाक ढङ्गले पिटी पिटी किन गरिन्छ र सुकुम्बासी झुप्रामा आगो किन लगाईन्छ ? कथित दलित भएकै आधारमा बर्बर सामुहिक हत्या किन गरिन्छ?हद भयो ,असह्य भयो।
न्याय स्थापित होस् र दोषी माथि कार्बाही होस् । यो अवाजलाई समयमै सम्बोधन गरौं र राज्यका अङ्ग हरुको लोकतन्त्र अनुरुप पुनसंरचना गरी लोकतन्त्रलाई ब्यबहारत: अभ्यास गरौं र बिकास गरौं ।अन्यथा निरासा,आक्रोस ,अनिश्चय र तरलता को परिणाम के होला? समयमै सबैले सोचौं।परिणाम सधैं सकारात्मक नै हुन्छ भन्न सकिन्न ।’

प्रकाशित मिति : 14:45









