नुवाकोटमा नेकपाका १५ हजार ७ सय ५० संगठित सदस्य, २९ विभागले प्रमुख र उपप्रमुख पाए
१० साउन, काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोटले संगठित सदस्यताको निर्क्याैल गरेको छ । शनिबार नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ बान्द्रेमा बसेको पहिलो सचिवालय बैठकले जिल्लामा १५ हजार ७ सय ५० संगठित सदस्य रहेको अनुमोदन गरेको छ ।

बैठकपछि प्रचार विभागका प्रमुख बद्री मैनालीले संगठित सदस्य संख्या १५७७५ सचिवालयको बैठकले अनुमाेदन गरि केन्द्रीय संगठन विभागमा प्रमाणीकरण गर्न पठाउने निर्णय गरेको जानकारी दिए । उनले पार्टीका विभिन्न विभागले समेत प्रमुख र उपप्रमुख पाएको जानकारी दिए । विभागमा पूर्व एमाले र पूर्व माअोवादीको भागवण्डा भएको छ ।
प्रचार विभाग प्रमुख मैनालीका अनुसार पार्टीका जिल्ला कमिटीका सदस्यहरुबाट यसअघि कार्यलयकाे बैठकबाट प्रस्ताव भएको २९ वटा विभिन्न बिषयगत विभागहरुमा प्रमुख र उपप्रमुखहरुकाे मनाेनयन गरि जिम्मेवारी ताेकी अनुमाेदन गर्ने निर्णय गरिएको दैनिकीलाइ जानकारी दिए । उनले बैठकमा विभिन्न राजनीतिक सन्दर्भमा छलफल समेत भएको बताए ।
नेकपा नुवाकोटको सचिवालय बैठकले पार्टी स्कुल विभागको जिम्मेवारी अध्यक्ष हिरानाथ खतिवडालाइ दिएको छ । त्यस्तै विभागको उपप्रमुखको जिम्मेवारी पार्टी सचिव नारायण खतिवडाका स्वकीय सचिव यम खतिवडालाइ दिएको छ भने संगठन विभागको प्रमुखको जिम्मेवारी सचिव खतिवडाले पाएका छन । सबै विभागका प्रमुख र उपप्रमुखको सूची तल हेर्न सक्नुहुन्छ ।


प्रकाशित मिति : 22:47









