१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

नेकपाका वरिष्ठ नेताहरू नाबालकको जस्तो गनगन गर्न थाल्नु भयोः उपाध्यक्ष प्याकुरेल

प्रदेश योजना आयोग प्रदेश नम्बर १ का उपाध्यक्ष सुबोधराज प्याकुरेलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले नाबलकको जस्तो गनगन गर्न थालेको बताएका छन । कालापानीसहितको नयाँ नक्सा मेरो निर्देशन र प्रस्तावमा जारी भएको हो भन्ने विषयमा नेकपाका नेताहरूको बीचमा प्रतिस्पर्धा नै चल्न थालेपछि प्याकुरेलले यस्तो प्रतिक्रिया दिएका हुन ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको सोही विषयमा दिएको टिप्पणी माथि प्रतिक्रिया जनाउँदै प्रदेश योजना आयोगका उपाध्यक्ष प्याकुरेलले वरिष्ठ नेताहरूले नबालकको व्यावहार देखाएको भन्दै छी…छी पनि गरेका छन । उनले भनेका ‘नाबालकहरुको गनगन जस्तो गर्न थाल्नु भयो वरिष्ठ नेताहरु। सरकारको नेतृत्वमा रहेकाको नाताले प्र म को नाम आयो। तर यश त स्वत: पार्टी नेता मन्त्रीमण्डल अनि संसदमा रहेका सबै दल र ब्यक्तिले पाउने नै भए। अनर्थ नलागोस। भन्नै पर्ने भयो- छि छि।’

प्रकाशित मिति : 22:27