१० असार २०८३, बुधबार | Wed Jun 24 2026

मैले के पाएँ, के पाइनँ भन्ने होइन, अहिले ओली सरकारलाई दह्रो साथ दिने होः मन्त्री भट्ट

७ साउन, काठमाडाैँ । नेपाल कम्युनस्ट पार्टी (नेकपा)का नेता एवं उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अहिले ओली सरकारलाई दह्रो साथ दिने मसय रहेको बताएका छन । मंगलबार बीबीसीसँग कुरा गर्दै मन्त्री भट्टले देशले ओली जस्तो प्रधानमन्त्री पछिसम्म पाउन नसक्ने भन्दै बलियो नेपाल बनाउनका लागि पनि ओलीलाइ साथ दिनुपर्ने बताए ।

सरकारभित्र रहेर केही व्यक्ति सरकारकै विरूद्धमा प्रयोग भैरहेको समयमा भट्टले भने विगतदेखि नै वर्तमान सरकारको विकल्प नभएको बताएका छन । उनले भनेका छन “मैले के पाएँ, के पाइनँ भनेर सोच्ने हो भने पार्टी बन्दैन। बिगार्ने पनि मूल नेतृत्वले हो र सम्हाल्ने पनि मूल नेतृत्वले नै हो।”

मन्त्री भट्टले भने, “केपी ओलीकै नेतृत्वमा चुनाव लडेको हो, अहिले आफैले बनाएको प्रधानमन्त्रीलाई राजीनामा दे भन्न कति उपयुक्त हुन्छ भन्ने प्रचण्डकै लाइन हो, मेरो होइन।” उनले नेकपामा अहिले देखिएको विवाद विचार, राजनीति र सङ्गठनको नभइ पद लेनदेनको मात्र रहेको प्रष्ट पारे ।

भट्ट भन्छन “एउटै कुरा प्रधानमन्त्रीलाई हटाउनु पर्छ भन्ने मात्रै छ, किन हटाउने भन्ने नै छैन। खुद्रा कुरा गरेर त हुन्न नि।” भट्ट पछिल्लो समय खुमलाटरले सञ्चालन गरिरहेको अनेक गुट भेलामा पनि सहभागी हुन छाडेका छन । उनले राजनीतिक स्थिरतका लागि सबैले साथ दिनुपर्ने बताए ।

प्रकाशित मिति : July 22, 2020 at 9:37 am