१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

पुराना कम्युनिस्ट नेता एवं पूर्व सांसद बरमन बुढाको ९० वर्षको उमेरमा निधन

७ साउन, काठमाडाैँ । मुखियाहरूको अत्याचारको विरोध गर्दा जेल परेका कम्युनिस्ट नेता बरमन बुढाको ९० वर्षको उमेरमा निधन भएको छ । बुढाको उपचारका क्रममा ललितपुरको पाटन अस्पतालमा निधन भएको हो । बुढा आन्द्राको क्यान्सरको उपचार गराउँदै थिए ।

रोल्पाको थवाङ स्थायी घर भएका बुढाको बुढा २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चाका तर्फबाट सांसद निर्वाचित भएका थिए । त्यतिखेर जनमोर्चाका विजयी ९ सांसदहरुमध्ये एकजना बरमन बुढा थिए । बुढा सशस्त्रयुद्धका कमाण्डर समेत रहेका थिए ।

प्रकाशित मिति : 09:15