बाढीपहिरोका कारण भएकाे क्षतिको विवरण सरकारलाई उपलब्ध गराउन मन्त्री जम्कट्टेलको अनुरोध
६ साउन, वाग्मती । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले बाढीपहिरोका कारण आफ्नो क्षेत्रमा भएको क्षतिको विवरण प्रदेश सरकारलाई उपलब्ध गराउन स्थानीय तहलाई अनुरोध गर्नुभएको छ । मन्त्री फुयाँलले आज सन्देश जारी गर्दै वाग्मती प्रदेश सरकार उद्धार र अवरोध हटाएर सडक पुनःसञ्चालन गर्न लागिपरेको बताउनुभएको छ ।

“अविरल वर्षाको कारणले जोखिममा परेका समुदायको उद्धार र अवरूद्ध राजमार्गलगायत सबै जिल्लाका अवरूद्ध सडक खुलाउन वाग्मती प्रदेश सरकारका तर्फबाट सबै निकायसँग नियमित समन्वय भइरहेको कुरा सबैमा जानकारी गराउन चाहन्छु”, मन्त्री जम्कट्टेलले सन्देशमा भन्नुभएको छ । “प्रदेश सरकारका तर्फबाट हुन सक्ने सहयोगका लागि सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यलयबाट छिटोभन्दा छिटो क्षतिको विवरण प्रदेश सरकारमा उपलब्ध गराउन अनुरोध गर्दछु”, मन्त्री जम्कट्टेलद्वारा जारी सन्देशमा भनिएको छ ।
प्रकाशित मिति : 17:17









